Sajhamanch Archive

नेपाली सेनालाई अमेरिकाले ४ वटा कार्गो विमान दिने

Published: in मिडियाबाट साभार by .

काठमाडौं । अमेरिकाले नेपाली सेनाका लागि अनुदानमा ४ वटा कार्गो विमान सहयोग गर्ने भएको छ।

हवाई क्षमता विस्तारका लागि नेपाली सेनाले राखेको प्रस्ताव स्वीकार्दै युएस आर्मीको इन्डो प्यासिफिक कमाण्ड मार्फत अमेरिकाले ४ वटा फिक्स विङ स्काई ट्रक अनुदान सहायतास्वरुप उपलब्ध गर्न लागेको हो।

यी जहाज अमेरिकाबाट छिट्ट नेपाल आउने सेनाले जनाएको छ। अमेरिकाले दिन लागेको चार वटै ट्रकको मूल्य अन्तराष्ट्रिय बजारमूल्य करिब ४ अर्ब रुपैयाँ रहेकाे सैनिक अधिकारीले जनाएका छन्। यसकाे प्रतिगोटा ६ देखि ८ मिलियन डलर पर्ने छ।

त्यस्तै सेनाले रुसबाट २ वटा एमआई १७ हेलिकोप्टर खरिद गर्ने भएको छ। अन्य सात वटा पनि खरिदको प्रक्रियामा रहेको जनाइएको छ।

कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *