Sajhamanch Archive

पाँच हजार कर्मचारी विदेश भ्रमणले सकियो दुई खर्ब रुपैयाँ

Published: in मिडियाबाट साभार by .

काठमाडौं । एक वर्षमै पाँच हजार सरकारी कर्मचारी विदेश भ्रमणमा गए। ‘राष्ट्रसेवक’ को सरदर २५ हजार दिन घुमेरै बित्यो।

त्यसमा राज्यकोषबाट दुई अर्ब रुपैयाँभन्दा बढी सकियो। अहिले आएर प्रधानमन्त्री कार्यालयले त्यत्रो खर्चको उपलब्धि देखाउन र्‍याखर्‍याख्ती पारिररहेको छ। भ्रमणकर्ता र तिनलाई पठाउने अधिकारीहरू भने जवाफ दिन सकिरहेका छैनन्।

घुमेर सरकारी ढुकुटी दुरुपयोग गर्ने क्रम बढेपछि प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो। उसले २२ वटै मन्त्रालय तथा सबै केन्द्रीय निकाय, आयोग, नियोग तथा प्रहरी र सेनाका प्रधान कार्यालयसँग विदेश भ्रमणका विवरण मागेको हो । २०७४ साउनदेखि २०७५ असारसम्मको संख्या आफैंमा अत्यासलाग्दो पाइयो। कतिपय भ्रमण दातृ निकायको खर्चमा समेत भएका छन्।

त्यसको यकिन विवरण भने जुट्न सकेको छैन। अर्थ मन्त्रालयले सरकारी कोषबाट मात्र उक्त अवधिमा दुई अर्ब रुपैयाँ सकिएको जानकारी दिएको छ। प्रधानमन्त्री कार्यालयलाई अधिकांश कर्मचारीले भ्रमणको स्रोतसमेत खुलाएका छैनन्। प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार भ्रमण तीनदेखि १० दिनसम्मका छन्। त्यसलाई औसत पाँच दिन मानेर कार्यालयले २५ हजार दिन बिताएको आँकडा निकालेको हो।

अन्नपूर्ण पोष्टबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *