Sajhamanch Archive

मुख्यमन्त्रीलाई थाहै नदिई यसरी फेरिए सचिव

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । प्रदेश १ मा शेरधन राईको नेतृत्वमा सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला। तीन महिना नपुग्दै गत वैशाखमा केन्द्र सरकारले कोइरालालाई सरुवा गर्‍यो।

त्यसपछि उनको ठाउँमा सुरेश प्रधानलाई पठाइयो। प्रधान तीन महिना नपुग्दै गत साता सरुवा भए। मन्त्रिपरिषद्ले बुधबार केदार न्यौपानेलाई त्यहाँ पठाएको छ। उनी पनि कायममुकायम मात्रै हुन्। प्रदेश सरकार बनेको ६ महिनामै तीन प्रमुख सचिव फेरिनु आफैँमा अनौठो त थियो नै मुख्यमन्त्रीलाई समेत जानकारी दिइएन। निर्णय भएपछि मात्र उनले थाहा पाउँथे।

‘बुधबार पनि प्रमुख सचिव फेरिएछन्। मैले त निर्णय भइसकेपछि मात्र थाहा पाएँ, राईले भने, ‘सबै केन्द्रकै निर्णय हो। हामीसँग समान्य सोधपुछ गरिएन।’ प्रदेश सरकारहरू संविधानतः स्वायत्त शासकीय अभ्यासका लागि बनेका हुन्। तर ६ महिना बित्दा पनि उनीहरू स्वायत्त किसिमले चल्न पाएका छैनन्। ‘एउटा कार्ययोजना बनाएर अघि बढ्न खोज्दाखोज्दै अर्को व्यत्ति परिवर्तन हुन्छ’, मुख्यमन्त्री राईले भने, ‘अनि फेरि नयाँले सिक्दासिक्दै समय बितिहाल्छ।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *