Sajhamanch Archive

यमनमा सेनाद्वारा आक्रमण, २० बालबालिकाको मृत्यु

Published: in राष्ट्रिय समाचार, by .

यमन । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा परी यमनमा २९ बालबालिकाको मृत्यु भएको छ ।

हवाइ आक्रमणमा परी अन्य ३० बालबालिका घाइते भएको अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटीले जनाएको छ ।

उत्तरी यमनको शाद इलाकाको बजार क्षेत्रमा गुडिरहेको बसमा सवार बालबालिका आक्रमणमा परेका हुन् । साउदी गठबन्धनले हुथी विद्रोहीविरुद्व लडिरहेको यमन सरकारलाई समर्थन गरिरहेको छ ।

हुथी विद्रोहीको स्वास्थ्य मन्त्रालयले भने हमलामा मारिने बालबालिकाको संख्या ४३ रहेको र तिनीहरुमध्ये अधिकांश १० बर्षभन्दा कम उमेरका रहेको जिकिर गरेको छ ।

हुथी विद्रोहीविरुद्व कारबाही गरिरहेका समूहले भने यो आक्रमणलाई जायज भनेका छन् । हुथी विद्रोहीले गरेको ब्यालेष्टिक मिसाइलको जवाफमा आफुहरुले प्रत्याक्रमण गरेको भन्दै गठबन्धन समूहले यसलाई अन्तर्राष्ट्रिय कानुनअनुरुपकै भएको बताएका छन् ।

मानव अधिकारवादी संगठनहरुले भने साउदी अरब नेतृत्वको गठबन्धन सेनाले स्कुल, बजार, अस्पताल र आवासीय क्षेत्रलाई निशाना बनाउने गरेको आरोप लगाएका छन् ।

सन् २०१४ देखि जारी कारबाहीमा अहिलेसम्म १० हजार व्यक्तिको मृत्यु भइसकेको छ । जसमध्ये दुई तिहाइ आम नागरिक रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *