Sajhamanch Archive

सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’पासपोर्ट थपिने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले दुई प्रकारका पासपोर्ट थप्ने भएको छ ।

अहिले कुटनीतिक, विशेष, साधारण र यात्रा अनुमतिपत्र अर्थात ट्राभल डकुमेन्ट गरी चार प्रकारका पासपोर्ट हुने गरेकोमा अब दुई प्रकारका थपिन लागेको हो ।

सरकारले संसद पेस गरेको राहदानी ऐन संशोधन विधेयकमा पाँच प्रकारका राहदानी र ट्राभल लग जारी गर्ने व्यवस्था प्रस्ताव गरेको छ ।

थपिने दुई प्रकारका पासपोर्टमा ‘सर्भिस पासपोर्ट’ र ‘सिम्यान्स पासपोर्ट’ छन् । कूटनीतिक कर्मचारी या विशेष पासपोर्टधारीले विदेशमा लैजाने सहयोगीलाई सर्भिस पासपोर्ट दिने व्यवस्था विधेयकमा गरिएको छ ।

विदेशमा पानीजहाजमा काम गर्नेहरूका लागि साधारण हरियो पासपोर्टसँगै ‘सिम्यान्स पासपोर्ट’ का रूपमा लग बुक उपलब्ध गराइने विधेयकमा प्रस्ताव गरिएको छ ।

उज्यालो

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *