Sajhamanch Archive

सिक्टामा अख्तियारले थाल्यो छानबिन

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं ।  सिक्टा सिँचाइ आयोजनाको मूल नहर पटकपटक भत्केपछि यसको गुणस्तरमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । अख्तियारले छानबिनका लागि शुक्रबार पाँचसदस्यीय समिति गठन गरेको  छ ।

सिक्टाको मूल नहरको गुणस्तरमाथि नै प्रश्न उठेकाले अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए ।

‘गहिरो अनुसन्धान गर्न पूर्ण अधिकारसहितको पाँच सदस्यीय समिति गठन गरिएको छ,’ दंगालले भने । ठेकेदारलाई उन्मुक्ति दिने चलखेल भइरहेको अवस्थामा अख्तियारले नहर निर्माणस्थलमै पुगेर गुणस्तरसमेत परीक्षण गर्ने भएको छ। ‘नहरको भेरिएसन र डिजाइनको विषयमा पनि प्रश्न उठेको छ,’ दंगालले भने, ‘सबै पक्षमा अध्ययन हुन्छ।’

अनियमितता भएको प्रमाण भेटिए कारबाही प्रक्रिया अघि बढाउने अख्तियारले जनाएको छ ।

नागरिक दैनिकबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *