Sajhamanch Archive

चितवनको जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

चितवन । नारायणगढ–­मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

काठमाडौंतर्फ जाँदै गरेको भारतीय नम्वर प्लेटको एमएच ४२ टी ०३४३ नम्बरको भारतीय ट्रक जुगेडी पुलबाट करिब ५० मिटर तल खोल्सामा खसेको हो ।

दुर्घटनामा ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । एक जनाको घटनास्थलमा नै र अर्काको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलमको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *