Sajhamanch Archive

पहिलो आम निर्वाचनका प्रतिनिधि सभा सदस्य भरत शम्शेरको निधन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं। नेपाल गोरखा परिषदका संस्थापक महासचिव एवं नेपालको पहिलो संसदको विपक्षी दलका नेता भरत शम्शेर राणाको निधन भएको छ । गएराति भारतको कलकत्ता स्थित आफ्नै निवासमा  ९२ बर्षको उमेरमा  राणाको निधन भएको हो ।

उनको सुतेको अवस्थामा नै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।   राणा २०१५ सालको पहिलो आम निर्वाचनमा धादिङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

२०१७ सालको ‘कु’ पछि तत्कालीन प्रमुख प्रतिपक्षी पार्टी गोरखा परिषदलाई भरत शम्शेरले विना शर्त नेपाली कांग्रेसमा विलय गराएका थिए ।  कांग्रेस युवा नेता उदय शम्शेर भरत शम्शेरका भतिजा  हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *