Sajhamanch Archive

यौन मनोविज्ञानमा आधारित मिस्टर भर्जिन भदौ १ गतेदेखि

Published: (Updated: ) in टिप्स/जानकारी by .

विर्तामोड । चलचित्र मिस्टर भर्जिन यौन मनोविज्ञानमा आधारित चलचित्र भए पनि समाजमा पाच्य हुने गरी चलचित्र बनेको निमार्ण पक्षले जनाएको छ । चलचित्रले सेक्स कमेडी चलचित्र बनाउन चाहनेलाई पनि प्रेरणा दिने निमार्ण पक्षको दाबी छ ।

भदौ १ गतेदेखि देशभरका हलहरुमा प्रदर्शनमा आउन लागेको चलचित्र मिस्टर भर्जिनको प्रचार प्रसार गर्न झापाको बिर्तामोड आएको फिल्म यूनिटले शनिबार पत्रकार सम्मेलन गरि चलचित्र परिवारसँग बसेर हेर्न सकिने बताएको हो ।

चलचित्रकी नायिका मरिस्का पोखरेलले यस चलचित्रमा आफु सेक्स वर्कर भएर खेलेको भन्दै यसका लागि आफुले ठमेलमा गएर सेक्स वर्कर, कल गर्ल, बार डान्सरहरुसँग संगत गर्नुका साथै उनीहरुको आनीबानी, बोलीचालिसमेत नजिकबाट बुझेर चलचित्रमा जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको बताइन् ।

चलचित्रका नायक गौरव पहारीले मिस्टर भर्जिनको स्टोरी र कन्सेप्ट दुवै भर्जिन भएको र यो नेपालकै पहिलो सेक्स कमेडी चलचित्र भएको दाबी गरे । मिस्टर भर्जिनमा भएका कुरा समाजमा घटिरहेकै विषयहरु भएको बताउँदै यसले दर्शकको मन मुटुमा राम्रो छाप पार्ने बताए ।
चलचित्रका अर्का अभिनेता कमलमणि नेपाल (खुपीका बाउँले) यस चलचित्रले सेक्सप्रति साँघुरो सोच राख्नेहरुलाई फराकिलो सोच बनाउन बाध्य पार्ने बताए ।

उनले भने यस चलचित्रले यौन शिक्षा त्यो पनि मनोरञ्जनात्मक तरिकाले दिन्छ । उनले डबल अर्थ लाग्ने शव्दको प्रयोग शालिन तरिकाले प्रस्तुत गरिएकाले समाजमा पाच्य हुने उनले तर्क गरे ।

चलचित्रका निर्माता प्रजापति शिवाकोटीले मिस्टर भर्जिन तीन उमेर समूहका युवाहरुको फरकरफरक यौन चाहना र त्यसको लागि गरेको संघर्षमा आधारित रहेको जनाए । यो चलचित्र परिवारसँग बसेर हेर्न मिल्नुका साथै स्वस्थ मनोरञ्जनको चलचित्र भएको चलचित्रका साहायक निर्देशक दीपक ओलकिो भनाई छ । फिल्ममा कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल, मरिस्का पोख्रेल भोलाराज सापकोटा, रविन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

स्वर्गद्धार जाने दिन भदै एक भन्ने नाराका साथ सुरु हुन लागेको चलचित्रमा ‘मिस्टर भर्जिन’मा महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी, सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन रहेको छ । खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको निर्माण रहेको फिल्ममा सह निर्माताको रुपमा सन्दिप उप्रेती रहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *