Sajhamanch Archive

कनकाई सोलुखुम्बु क्षेत्रको बाटो कालोपत्रे

Published: (Updated: ) in समाज by .

कनकाई । कनकाई नगरपालिका क्षेत्रकै सोलुखुम्बु नामले परिचित कनकाई नगरपालिका ४ इलुवावारी त्रिवेणीको बाटो कालोपत्रे भएपछि स्थानीय उत्साहित बनेका छन् ।

शनिबार प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वडाध्यक्ष गोविन्द्रप्रसाद पौडेलले निर्माण कार्य सकिएको कालोपत्रे सडकको उद्घाटन गरे ।

माइखोलाहुँदै पुर्व पश्चिम राजमार्ग चोक, सुरुङ्गा चोक जोड्ने मध्ये ३ सय ९० मिटर बाटो कालोपत्रेको उदघाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा यस क्षेत्रका उपभोक्ता समेत रहेका कनकाई सामुदायिक वनका सदस्य शिवहरी मैनालीले वर्खा लागेपछि पेन्ट सुर्केर हिड्नु पर्ने बाटो यसरी कालो पत्रे होला भन्ने कल्पना समेत नगरिएको बताए । उनले बाटो निर्माण पुरा गर्ने नगरपालिका र उपभोक्ता समितिलाई धन्यवाद दिएका थिए

कालो पत्रे ४१ लाख ५९ हजार ७ सयको लागतमा निर्माण भएकाृ निर्माण समितिका सचिव युगल दवाडीले जानकारी दिए । बाटो निर्माणमा नगरपालिकाबाट २० लाख र अन्य रकम उपभोक्ताबाट संकलन गरिएको उपभोक्ता समितिले जनाएको छ ।

बाटो उद्घाटनका क्रममा बोल्दै प्रदेशसभा सदस्य हिराकुमार थापाले जहिल्यै पछाडि परेको यस त्रिवेणी टोलले अरु टोलका लागि समेत उदाहणीय कार्य गरेको बताए ।

बाटो निर्माण तथा अन्य विकास निर्माणका लागि जनताले चिताएको खण्डमा ठूला काम पनि अरुको मुख ताकि रहनु नपर्ने नगरप्रमुख राजेन्द्र पोखरेलले बताए । उनले जनताकै सक्रियताका कारण कनकाई नगरपालिकाले गत आर्थिक बर्षमा कालो पर्ने गर्न राखिएको लक्ष्य पुरा भएको जानकारी दि ।

प्रमुख पोखरेलले गएको आर्थिक वर्षमा ५ किमी कालो पत्रे, ५० किलोमिटर सम्म बाटो ग्राभेल गर्ने लक्ष्य राखिएकोमा ७२ किलोमिटर क्षेत्र ग्राभेल गर्न सकिएको बताए ।

वडाध्यक्ष गोविन्द पौडेलले ४ नम्बर वडा क्षेत्रकै दोस्रो कालोपत्रेले यस क्षेत्रका वडा बासीलाई स्थानीय निकायको भएको महशुस गराएको बताए । बाटो निर्माण समितिका अध्यक्ष नेत्र प्रसाद दंगालको अध्यक्षतामा भएको बाटो उद्घाटन कार्यक्रमको स्वागत वडा सदस्य रविन सुवेदीले गरेका थिए भने स्वागत निर्माण समितिका सदस्य खगेन्द्र अधिकारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *