Sajhamanch Archive

सामुदायिक वनले स्थापना दिवसमा बृक्षारोपण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

सुरुङ्गा । तराइकै पहिलो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहले तेस्रो स्थापना दिवश मनाएको छ । सामुदायिक वनले वन क्षेत्रमा धार्मिक वनको स्थापना गर्दै सामुदायिक वन दिवश मनाइएको हो । सामुदायिक वनको आयोजनामा तीन दिने विविध कार्यक्रम आयोजना गरेको थियो ।

वन क्षेत्रभित्र करिव ४ विगाह क्षेत्रभित्र विभिन्न जडिबुटीजन्य वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यमा प्रदेशसभा सदस्य हिराकुमार, सेक्टर वन कार्यालय सुरुङ्गाका प्रमुख ओमनाथ भट्टराई लगायातको सहभागिता रहेको थियो ।

वन समुहले काठ दाउरा मात्रै नभएर जडिबुटीको विक्रीबाट समेत आय आर्जन गर्न सकिने भन्दै वृक्षरोपण गरिएको वन समुहका अध्यक्ष ख्याम ओलीले बताए ।

कनकाई ४ लक्ष्मीटोल क्षेत्रका नव जागृति परिवारका उपभोक्ताहरुबाट सो खाली जमिनमा विरुवा रोपिएको हो । वृक्षारोपण कार्यका संयोजक रामप्रसाद बेडारीको संयोजकत्वमा वृक्षारोपण गरिएको थियो ।

वृक्षारोपण पहिले आयोजित कार्यक्रममा सहभागि अतिथिहरुले तराई क्षेत्रकै पहिलो सामुदायिक वनले देशका अन्य सामुदायिक वनलाई समेत शिक्षा र वन विकासमा समेत अग्रणी हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा कनकाई नगरपालिकाका वडा नं. ४ का वडाध्यक्ष गोविन्द पौडेल, वडा नं. ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया, सामुदायिक वन समुहकी सल्लाहकार कविता बस्नेत, वन समुहकी सचिव मान्ता खरेल, उपाध्यक्ष ललित बहादुर कार्की लगायतले मन्तव्य राखेका थिए । वन क्षेत्रमा रोपिएको विरुवालाई हुर्काएर वनस्पति संग्राहलय बनाइने वन समुहका अध्यक्ष ख्याम ओलीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *