Sajhamanch Archive

विराटनगरमा बम विष्फोट

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर ।  विराटनगर महानगरपालिकामा आज अपरान्ह बम विष्फोट भएको छ। महानगरका मेयर भिम पराजुलीको कार्यकक्ष अगाडि बम विष्फोट भएको हो।

 विष्फोटबाट कुनै मानविय क्षति भएको छैन। उपमेयर इन्दिरा कार्की मेयरको कार्यकक्षतर्फ जाँदै गर्दा विष्फोट हुन पुगेको थियो।

कार्की पनि सकुशल रहेकी छिन्। विष्फोट कसले गराएको हो भन्ने यकिन भएको छैन। अहिले महानगर परिसरमा प्रहरीको बाक्लो उपस्थिति छ। कार्यालय खाली गरि प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *