Sajhamanch Archive

विमान दुर्घटनामा १८ को मृत्यु, भाग्यले बाँचे १२ वर्षीय बालक

Published: in राष्ट्रिय समाचार, by .

जकार्ता । इन्डोनेसियाको पहाडी इलाकामा आइतवार बिहान एउटा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । शनिबारबाट बेपत्ता भएको यो विमान दुर्घटनामा परेको पुष्टि त्यहाँका अधिकारीहरुले गरेका छन् ।

यो जहाज दुर्घटजनामा कम्तिमा पनि ८ जना मारिएका छन् । जहाज दुर्घटनामा केबल १ जना १२ वर्षीय बालकको ज्यान बचेको छ।

समाचार अनुसार यो जहाज उडान भरेको ४० मिनेटपछि एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँगको सम्पर्क टुटेको थियो । पापुआका मिलिट्री प्रवक्ता लेफ्टिनेन्ट कर्णेल दाक्स सियानतुरीका अनुसार विमानमा सवार ८ जनाको ज्यान जाँदा १२ वर्षीय बालक भने बाँचेका हुन् । यो जहाज के कारणले दुर्घटनामा पर्‍यो भन्ने पुष्टि भइसकेको छैन ।

इन्डोनेसियामा हजारौँ साना टापु रहेका छन्, जहाँ आउन जानका लागि भारी एयर ट्राफिक भइरहन्छ । इन्डोनेसियाका जहाजमा सुरक्षा व्यवस्थाबारे पटक पटक प्रश्न उठ्ने गरेको छ । केही वर्षयता मात्रै इन्डोनेसियामा निरन्तर जहाज दुर्घटनामा परेका छन् ।

समाचार अनुसार पापुआ आउन जान सबैभन्दा कठिन मानिन्छ । जुलाई २०१७ मा पापुआमा नै एक सानो जहाज दुर्घटनाग्रस्त भएको थियो । जसममा ५ जना मारिएका थिए । अगस्ट २०१५ मा  पापुआमा नै एक यात्रु जहाज खराब मौसमका कारण दुर्घटनामा पर्दा ५४ जनाको ज्यान गएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *