Sajhamanch Archive

सेनामा अनियमितता, नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाहीमा भर्ना !

Published: in मिडियाबाट साभार by .

नेपाली सेनाले सैनिक उच्च अधिकारीकै संलग्नतामा नक्कली परिक्षार्थीको नाममा जाँच दिएर सिपाही पदमा भर्ना लिएको पाईएको छ ।

गत असोजमा लिएको सिपाहीको लिखित परीक्षामा ८ ब्यक्तिको अर्कैले परीक्षा दिएको पुष्टि भएपछि सैनिक मुख्यालयले छानविनका लागि सहायक रथी सीताराम खड्काको अध्यक्षतामा कोर्ट अफ इन्क्वायरी गठन गरेको छ ।

खड्का प्रधानसेनापति राजेन्द्र क्षत्रीका विश्वासपात्र मानिन्छन् । लोकसेवा आयोगले अर्काले लेखेर पास भएका आठै जनाको परीक्षासमेत रद्ध गरिसकेको छ ।

सो प्रकरणमा सैनिक मुख्यालयकै उच्च सैनिक अधिकारीको संरक्षण र निर्देशनमा दुई सेनाले सेटिङ अर्काको नाममा परीक्षा दिने वातावरण मिलाएको स्रोतले बताएको छ ।

अन्नपूर्ण पोष्टबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *