Sajhamanch Archive

चिनियाँ जहाज भाडामा दिने निगमको तयारी

Published: in मिडियाबाट साभार by .

काठमाडौं । नेपाल वायु सेवा निगमले छ वटा चिनियाँ विमान भाडामा दिने भएको छ।

चिनियाँ जहाज उडाउँदा घाटा भएपछि भाडामा दिन लागिएको हो। चीन सरकारको अनुदानमा ल्याइएका एमए ६० र वाई १२ जहाज, करिब छ अर्बभन्दा बढी रकम खर्चेर ल्याइएका वाई १२ सहित छ वटा जहाज विदेशी एयरलाइन्स कम्पनीलाई भाडामा दिने निगमले तयारी थालेको छ।

एम ६० जहाज उडाउन पाइलट समस्या नभए पनि वाई १२ जहाज उडानका लागि पाइलट पाउन नसकेपछि जहाज भाडामा दिने गरी छलफल सुरु भएको निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए। चिनियाँ जहाज भाडामा दिने विषय केही दिनभित्रै सञ्चालक बोर्डबाट अनुमोदन गरिने उनको भनाइ छ।

अन्नपूर्ण पोष्टबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *