जाकार्तामा हुने एसियन गेम्सको फुटबलमा नेपाल र जापान भिड्दै
Published: (Updated: )
by .काठमाडौं । एसियाली खेलकुदको १८ औं संस्करण ईन्डोनेसियाको जाकार्तामा आगामी शनिवार सुरु हुँदैछ ।
तर प्रतियोगिताको भव्य उद्घाटन हुनुअघि नै फुटबलतर्फका खेल भने आजबाट सुरु हुँदैछन् । नेपालले आज आफ्नो पहिलो खेलमा जापानसँग खेल्दैछ ।
एसियाली फुटबलको पावर हाउस जापान विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ । एसियाली खेलकुदमा ओलम्पिक टिम अर्थात २३ वर्ष मुनिको राष्ट्रिय टोली सहभागि हुनेछन् ।
टोलीमा तीन जना भने सिनियर खेलाडी पनि समावेश गर्न पाईन्छ । नेपालले एसियाडको तयारीका लागि थाईल्याण्डमा १० दिन विशेष प्रशिक्षण गरेको थियो ।
सो क्रममा खेलेका दुईवटा मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको थियो ।बैंककमा प्रशिक्षण सकाएर नेपाली टोली गत आइतवार इन्डोनेसिया पुगेको हो ।
एसियाडको समुह डि मा रहेको नेपालले समूह चरणमा जापानसँगै भियतनाम र पाकिस्तानसँग खेल्नेछ ।
Comments