Sajhamanch Archive

जाकार्तामा हुने एसियन गेम्सको फुटबलमा नेपाल र जापान भिड्दै

Published: (Updated: ) in खेलकुद by .

काठमाडौं । एसियाली खेलकुदको १८ औं संस्करण ईन्डोनेसियाको जाकार्तामा आगामी शनिवार सुरु हुँदैछ ।

तर प्रतियोगिताको भव्य उद्घाटन हुनुअघि नै फुटबलतर्फका खेल भने आजबाट सुरु हुँदैछन् । नेपालले आज आफ्नो पहिलो खेलमा जापानसँग खेल्दैछ ।

एसियाली फुटबलको पावर हाउस जापान विरुद्धको खेल नेपालका लागि निकै कठिन हुनेछ । एसियाली खेलकुदमा ओलम्पिक टिम अर्थात २३ वर्ष मुनिको राष्ट्रिय टोली सहभागि हुनेछन् ।

टोलीमा तीन जना भने सिनियर खेलाडी पनि समावेश गर्न पाईन्छ । नेपालले एसियाडको तयारीका लागि थाईल्याण्डमा १० दिन विशेष प्रशिक्षण गरेको थियो ।

सो क्रममा खेलेका दुईवटा मैत्रिपूर्ण खेलमा नेपाल पराजित भएको थियो ।बैंककमा प्रशिक्षण सकाएर नेपाली टोली गत आइतवार इन्डोनेसिया पुगेको हो ।

एसियाडको समुह डि मा रहेको नेपालले समूह चरणमा जापानसँगै भियतनाम र पाकिस्तानसँग खेल्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *