Sajhamanch Archive

विश्वकै बस्नलायक शहरको सूचीमा भियना पहिलो नम्बरमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

काठमाडौं । विश्वकै सबैभन्दा बस्न लायक शहरमा अस्ट्रियाको राजधानी भियना परेको छ ।

इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले तयार पारेको ग्लोवल सर्भेको सूचीमा भियनाले अष्ट्रेलियाको मेलवर्नलाई पछि पारेको हो ।

राजनीतिक र सामाजिक स्थायित्व, अपराध, शिक्षा, स्वास्थ्यमा पहुंच जस्ता पक्षलाई आधार मानेर विश्वका १ सय ४० शहरलाई सूचीकृत गरिएको हो ।

सूचीको १० औं स्थान भित्र अष्ट्रेलियाका तीन शहर पर्दा, तेस्रो र सातौं स्थानमा जापानका दुई शहर ओसाका र टोकियो परेका छन् ।

क्यानडाका दुई शहर भ्यानकुभर र टोरन्टो छैटौं र आठौं स्थान भित्र समेटिएका छन् ।

सूचीको अन्तिममा भने गृहयुद्धको चपेटामा परेको सिरियाको राजधानी दमास्कस परेको छ ।

दमास्कसलाई बंगलादेशको राजधानी ढाका, नाइजेरियाको लागोस, पाकिस्तानको कराँची शहरले पछ्याइरहेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *