Sajhamanch Archive

मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी

Published: in राष्ट्रिय समाचार by .

मकवानपुर । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको क्रममा मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ।

आज बिहान ६ बजे बसमा आगजनी भएको प्रहरीले जानकारी दिएको छ ।

भन्सार छुटाएर काठमाडौं लैजादै गरेको स्कुल बस आगलागीबाट पूर्ण रुपमा क्षति भएको पालुङ प्रहरीले जनाएको छ।

त्यस्तै हेटौँडा–११ नवलपुरमा शंकास्पद वस्तु फेला परेको छ । राजमार्ग अवरुद्ध गर्ने उद्देश्यले प्रेसरकुकर बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रातो पाटी बाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *