Sajhamanch Archive

गौरादह वडा कार्यालय छेउमा बम विस्फोट

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

गौरादह । झापाको गौरादह नगरपालिका–७ वडा कार्यालय नजिक मंगलबार विहान बम विष्फोट भएको छ ।

ग्वालडुब्बामा रहेको वडा ७ को कार्यालय भवन नजिकै बम विष्फोट भएको वडाध्यक्ष बलराम खरेलले जानकारी दिए ।

मोटरसाइकलमा आएका दुइजनाले बिस्फोटक पदार्थ जस्तो सामाग्री फ्यालेपछि आवाज सहित पड्केको स्थानीयले जानकारी दिए ।

बम विष्फोटबाट कार्यालयको झ्यालको सिसा फुटेको छ भने पर्खालमा सामान्य क्षति भएको छ । घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरी चौकी ग्वाल्डुब्बाका प्रहरी सहायक निरीक्षक नीलकुमार श्रेष्ठले बताए ।

प्रहरी चौकी ग्वालडुब्बा वडा कार्यालयदेखि पाँच सय मिटर टाढा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *