Sajhamanch Archive

बन्दका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार by .

धनकुटा । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण मंगलबार पूर्वको जनजीवन प्रभावित भएको छ ।

बन्दको प्रभाव तराईका जिल्ल्लाहरुमा आंशिक प्रभाव परेको छ । पसल व्यवसाय खुल्ला छन् भने सवारी साधन छिट फुट रुपमा चलेका छन् ।

शिक्षण संस्था, कलकारखाना, बजार, पसल कम मात्रामा सञ्चालनमा आएका छन् । बन्दको प्रभाव प्रदेश १ का पहाडी जिल्लामा बढी मात्रामा परेको छ ।

तराईका जिल्लामा कम मात्रामा बन्दको प्रभाव परेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी रवी पौडेलले जानकारी दिए।

बन्दका कारण धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, इलाम, पाँचथर, ताप्लेजुङमा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् ।

अन्य जिल्लामा लामो दूरीका सवारीसाधन नचलेपनि पनि छोटो दूरीका सवारी साधन कम मात्रामा सञ्चालनमा आएको एसपी पौडेलले जानकारी दिए ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई पक्राउ गरी झुठा मुद्दा लगाएको र हालसम्म देशभरबाट पक्राउ परेका सबै नेता कार्यकर्ताको विनासर्त रिहाइको माग गर्दै नेपाल बन्द आह्वान गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *