Sajhamanch Archive

श्रीमतीको हत्या गर्न घरमाथि विमान खसालेपछि…

Published: (Updated: ) in विविधा, by .

श्रीमती पिटेको आरोप खेपिरहेका एक व्यक्तिले श्रीमतीको हत्या गर्ने उद्देश्यले घरको छतमाथि विमान दुर्घटना गराएको खबर आएको छ।

अमेरिकाको उटा के पेसन शहरमा भएको उक्त घटनाका बारेमा अमेरिकी प्रहरीले जानकारी दिएको हो। उक्त घटना घट्नु केही समय पहिले डुएने युड नाम गरेका ती व्यक्तिलाई घरेलु हिंसाको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। पछि उनलाई जमानतमा रिहा गरेको थियो।

त्यसको दुई घण्टापछि उनले उक्त घटना घटाएको समाचारमा जनाइएको छ। घरमा ठक्कर खानेबित्तिकै विमानमा आगलागी भएको थियो। घरभित्र रहेका उनका श्रीमती र छोराले भागेर ज्यान बचाए तर युडको उक्त घटनामा मृत्यु भयो। आगलागीबाट घरको अगाडिको भाग जलेको समाचारमा बताइएको छ।

उक्त विमान दुर्घटना बिहानीपख भएको थियो। अनुसन्धानकर्ताहरूका अनुसार युड जुन कम्पनीमा कार्यरत थिए सोही कम्पनीको विमान प्रयोग गरेका थिए। समाचारमा जनाइएअनुसार युड एक अनुभवी विमान चालक थिए। युडले आफ्नो घरभन्दा १५ किलोमिटर दूरीमा रहेको विमानस्थलबाट उडान भरेका थिए।

त्यसपछि उनले सिधै आफ्नो घरको अगाडिको भागमा ठक्कर दिएका थिए। फोटोहरूमा उनको घरअगाडि विमान जलेर ध्वस्त भएको देखिएको छ। प्रहरीले ध्वस्त विमानबाट प्रमाणहरू जुटाउन कोसिस गरिरहेको समाचारमा जनाइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *