Sajhamanch Archive

विद्युत प्राधिकरणको नाफा ४८ करोड रुपैयाँ घट्यो

Published: in मिडियाबाट साभार by .

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आर्थिक वर्ष २०७४/७५ मा आर्थिक वर्ष २०७३/७४ को भन्दा ४८ करोड कम नाफा कमाएको छ।

प्राधिकरणले आर्थिक वर्ष २०७४७५ मा ९८ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको छ। आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको छ।

आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चलगायतको कारणले खुद नाफा घटेको हो। अघिल्लो वर्षमा पछिल्लो १७ वर्षयता नै पहिलो पटक प्राधिकरणले खुद नाफा एक अर्ब ४६ करोड गर्न सफा भएको थियो।

कारोबार दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *