Sajhamanch Archive

फर्जी उद्धारमा संलग्न १७ कम्पनीलाई कारबाही सिफारिस

Published: (Updated: ) in मिडियाबाट साभार by .

काठमाडौं । उच्च हिमाली भेगमा भ्रमणका गएका पर्यटकहरुलाई दूषित खाना दिई ‘बिरामी बनाएर’ हेलिकप्टर मार्फत फर्जी उद्धार र उपचारमा संलग्न ट्राभल्स, टुर, रेस्क्सु एजेन्सी, अस्पताललगायत १७ कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ।

नेपाल सरकारद्वारा गठित अध्ययन कायदलले तयार पारेको प्रतिवेदनमा काठमाडौंको बल्खुस्थित बयोधा अस्पताल, धापासीको ग्रान्डी इन्टरनेसनल हस्पिटल, थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल, सोह्रखुट्टेको इरा हेल्थ सेन्टर, बत्तीसपुलतीको सकोन हस्पिटल प्रालि र कपुरधाराको सिवेक अस्पताल प्रालिले चिकित्सकीय मर्यादाविपरीत फरक फरक शीर्षकमा बिलबीजन खडा गरेको औंल्याउँदै यी अस्पतालमाथि थप छानबिन गर्न र अनुगमन गर्न स्वास्थ्य मन्त्रालयलाई भनिएको छ।

यस्तै, एयर डाइनेस्टी हेली सर्भिस, मनाङ एयर र हेली एभरेष्ट पनि ठगीमा संंलग्न भएको समितिको प्रतिवेदनमा उल्लेख । ट्रेकिङ टुर तथा रेस्क्युतर्फ इजी हेली चार्टर सर्भिस, फ्लाइट कनेक्सन ठोमेस्टिक, माउन्टेन रेस्क्यु सर्भिस, हिमालयन सोसियल जर्नी ट्रेकिङ, अल्पाइन रेस्क्यु, कैलाश चार्टर रेस्क्यु, माउन्टेन हेली चार्टर र इगल हेली चार्टर सर्भिस रहेका छन्।

कान्तिपुर दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *