फेरी डुव्यो राजधानी, यसरी उर्लियो बागमती
Published: (Updated: )
by .काठमाडौं । मंगलबार रातिको भीषण वर्षाका कारण बाग्मती नदीमा आएको बाढीले काठमाडौंको तीनकुनेको नदी किनार क्षेत्र डुबानमा परेको छ । बाढीका कारण तीनकुनेको सुकुम्बासी क्षेत्रका ३०० घर डुबानमा परेको तीनकुने प्रहरी वृत्तले जानकारी दिएको छ ।
५६ जनाको बाढीबाट उद्धार गरिएको र कुनै मानवीय क्षति नभएको तीनकुने प्रहरी वृत्तका सई सुधन खड्काले बताए । बाग्मतीमा यस वर्षकै सबैभन्दा ठूलो बाढी आएको तीनकुने क्षेत्रका स्थानीयले बताएका छन् ।
तीनकुनेको बाग्मती पुल निमार्णमा काम गर्दै आएका मजदुरले बुधबार बिहान ३ बजे तिर देखि ठूलो बाढी अाएको बताए । बाढीले नदी किनारको सडकका साथै । किनारका घर, पसल, टहरा डुबानमा परेका छन्।
Comments