Sajhamanch Archive

फेरी डुव्यो राजधानी, यसरी उर्लियो बागमती

Published: (Updated: ) in समाज by .

काठमाडौं । मंगलबार रातिको भीषण वर्षाका कारण बाग्मती नदीमा आएको बाढीले काठमाडौंको तीनकुनेको नदी किनार क्षेत्र डुबानमा परेको छ । बाढीका कारण तीनकुनेको सुकुम्बासी क्षेत्रका ३०० घर डुबानमा परेको तीनकुने प्रहरी वृत्तले जानकारी दिएको छ ।

५६ जनाको बाढीबाट उद्धार गरिएको र कुनै मानवीय क्षति नभएको तीनकुने प्रहरी वृत्तका सई सुधन खड्काले बताए ।  बाग्मतीमा यस वर्षकै सबैभन्दा ठूलो बाढी आएको तीनकुने क्षेत्रका स्थानीयले बताएका छन् ।

तीनकुनेको बाग्मती पुल निमार्णमा काम गर्दै आएका मजदुरले बुधबार बिहान ३ बजे तिर देखि ठूलो बाढी अाएको बताए । बाढीले नदी किनारको सडकका साथै । किनारका घर, पसल, टहरा डुबानमा परेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *