Sajhamanch Archive

तालिबान आक्रमणबाट, १४ सैनिक मारिए

Published: in राष्ट्रिय समाचार, by .

काठमाडौं । उत्तरी अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकूहरूले मंगलवार कब्जा जमाएर कम्तीमा १४ सैनिकको हत्या गरेका छन् । अन्य दर्जनौंलाई उनीहरूले बन्धक बनाएका छन् ।

कतिपय सैनिक भने भाग्न सफल भएका छन् ।

सेनाका प्रवक्ता मोहम्मद हनीफ रेजाईका अनुसार, अशान्त फरयाब प्रान्तको घोरमाच जिल्लामा कैयौं दिनसम्म चलेको भीषण संघर्षपछि आतंकवादीहरूले सेनाको शिविर कब्जा गरेका हुन् ।

आइतवार शिविरमा आक्रमण हुँदा त्यहाँ १०० सैनिक थिए । रेजाईले एएफपीलाई बताए, ‘शिविरमा दुश्मनले कब्जा गरेका छन् । केही सैनिक मारिए, केही बन्धक बनाइए अनि केही चाहिँ नजिकैको पहाडतिर भागे ।’

फरयाबका सांसद हाशिम ओताकले शिविरमा १४ सैनिक मारिएको पुष्टि गरे ।

फरयाबको प्रान्तीय परिषद्का प्रमुख ताहिर रहमानीले शिविरमा भएका सैनिकले काबुलबाट अतिरिक्त सैनिक पठाउन र हवाई सहायता उपलब्ध गराउन अनुरोध गरेका थिए तर उनीहरूलाई वास्ता गरिएन । अन्य सैनिक गजनीमा अत्यन्त व्यस्त थिए ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *