Sajhamanch Archive

राजवंशीको उपचारका लागि सहयोगी मनहरु जुट्दै

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । मृगौला रोगबाट पीडित पूर्व फुटवल खेलाडी राजी राजवंशीलाई उपचारका लागि ४० हजार ५ सय रूपैया आर्थिक सहयोग गरिएको छ ।

नेपाल पुलिस क्लवमा समेत रहेर राष्ट्रिय फुटवल टिममा लामो समय खेलाडीका रूपमा रहेका राजवंशी ३ महिना यता मृगौला रोगबाट पीडित भएका छन् । उनको उपचारका लागि खेलमा संलग्न भद्रपुरका पूर्व खेलाडीहरुले आर्थिक संकलन गरी सो रकम राजवंशीको घरमा हस्तान्तरण गरेका हुन् ।

भद्रपुर नगर प्रमुख तथा पूर्व खेलाडी जीवनकुमार श्रेष्ठको नेतृत्वमा गएको टोलीले ३७ जना खेलाडी एवम् शुभचिन्तकबाट संकलित रकम ४० हजार ५ सय प्रदान गरेका हुन् । २०३९ सालबाट झापालाइृ केन्द्र बनाएर फुटवल खेल्न थालेका ५२ वर्षीय राजवंशी नेपाल पुलिस क्लवमा ९ वर्षसम्म खेलाडीका रूपमा काम गरी राष्ट्रिय टोलीमा खेल खेलेका खेलाडी हुन् ।

सामान्य आर्थिक अवस्था भएका उनको एक छोरी र एक छोराको जिम्मेवारी पनि बहन गर्नुृ पर्ने बाध्यता छ । उन्य व्यवसाय नभएका राजवंशीको उपचार खर्च जोहो गर्न धौ धौ भएको पीडा छ । हाल भद्रपुर स्थित ओम साई पाथिभरा अस्पतालमा डायलोसिस गरिरहेका छने भने राजवंशीका दुवै मृगौला काम नलाग्ने भएपछि मृगौला फेर्न लाग्ने रकम अभाव भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *