Sajhamanch Archive

चोभारमा सुख्खा बन्दरगाह निर्माण सुरु, रेलमार्ग र बाहिरी चक्रपथसम्म जोडिने

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं  । काठमाडौंको चोभारमा सुख्खा बन्दरगाह बन्ने भएको छ । विदेशबाट सामान आयात गर्न र नेपालबाट उत्पादिन सामान निर्यात गर्न यो बन्दरगाह निर्माण गर्न लागिएको हो ।

सरकारले निर्माण गर्न लागेको ‘काठमाडौं कन्टेनर फ्रेट स्टेसन’ (सुक्खा बन्दरगाह) आजबाट औपचारिक निर्माण सुरु भएको हो ।  बन्दरगाह दुई वर्षभित्रै सञ्चालनमा ल्याइसक्नेगरी निर्माण कार्य अगाडि बढाइएको हो ।

बन्न लागेको बन्दरगाहलाई चनियाँ तथा भारतीय रेलको स्टेशनसँगै जोडिने छ भने निर्माण तयारीको बाहिरी चक्रपथसँग पनि जोडिने छ ।

अहिले कोलकात्ता र विशाखापट्टनम बन्दरगाह भएर सामान बोकेको कन्टेनर वीरगन्जहुँदै आउँदा महंगो पर्ने र समय पनि बढी लाग्ने गरेको छ । भन्सारको अतिरिक्त अवरोध, लागत खर्च र समय बचत गर्न चोभारमा अत्याधुनिक सुविधा सम्पन्न बन्दरगाह बने  सहज हुने  छ ।

चोभारमा यो बन्दरगाह बनाउनुको उद्देश्य चिनियाँ रेल केरुङबाट सिधै चोभार स्टेशनसम्म आइपुग्ने छ । यो उद्देश्यका कारण पनि भविष्यमा थप सहजता हुने विश्वास छ । अहिले भारतमाबाट काठमाडौंका लागि आउने कन्टेनर वीरगन्जमै सिल तोडेर जाँच गर्नुपर्ने बाध्यता छ । चोभारको बन्दरगाह निर्माण भएपछि भारतको बन्दरगाह र चीनको बन्दरगाहबाट काठमाडौं आउने कन्टेनरको सिल काठमाडौंमै तोडेर जाँच पास गर्ने व्यवस्था हुनेछ ।

कीर्तिपुरस्थित चोभारमा एक सय ५० वटा गाडी, कम्तीमा ६ सय वटा कन्टेनर अट्ने वेयरहाउससहितको सुक्खा बन्दरगाहको निर्माण गर्न लागिएको हो । यसमा एउटा आकासे पुल पनि निर्माण हुनेछ । हिमाल सिमेन्टले उपभोग गरेको करिब एक हजार ५४ रोपनी जग्गामध्ये दुई सय २५ रोपनी जग्गामा सुक्खा बन्दरगाह र बाँकी आठ सय रोपनीमा अन्तर्राष्ट्रिय प्रदर्शनी कक्ष समेत हुने छ ।

विश्व बैंकको करिब दुई अर्ब २५ करोड रुपैयाँ लागतमा यो बन्दरगाह चोभारमा बन्न लागेको हो । सरकारले सन् २०१३ मा विश्व बैंकसँगको सहमतिअनुसार सन् २०१९ भित्रै यो बन्दरगाह बनाइसक्नुपर्छ ।

विश्व बैंकले ६ वर्ष अगाडि नै चोभारमा सुक्खा बन्दरगाह बनाउन नेपाललाई उक्त ऋण लगानी गर्ने सहमति भएको थियो । यस्तो सहमतिअनुसार विश्व बैंकले दिने सहुलियत ऋणमा यो बन्दरगाह निर्माण गर्न लागिएको हो ।

विश्व बैंकले यसअघि जम्मा एक करोड ५५ लाख अमेरिकी डलर ९एक अर्ब ५५ करोड रुपैयाँ० ऋण सहयोग दिने सहमति दिएको थियो । यो सहमतिअनुसार भैरहवाको यार्ड विस्तार, वीरगन्जको सेज, कोलकात्ता–काठमाडौं करिडोर मनिटरिङ, वीरगन्ज काठमाडौं ब्रोडर क्रसिङ र चोभारमा सुक्खा बन्दरगाह निर्माणको निम्ति रकम खर्चनसपर्ने उल्लेख छ ।

बन्दरगाह बन्ने भएपछि बल्खुबाट चोभारसम्मको सडक पनि ६ लेनको बन्ने छ । यो बन्दरगाहलाई बल्खु रोडमा, निर्माणाधीन बाहिरी चक्रपथमा पनि जोडिनेछ । यो बन्दरगाह निर्माणले भारत तथा चीनका स्वीकृत बन्दरगाहबाट सोझै मालसामान ओसारपसार गर्न सकिने बताईन्छ ।

चक्रपथबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *