Sajhamanch Archive

लिंग छोटो बनाइदिएकोमा अस्पताल विरुद्ध मुद्दा

Published: in विविधा by .

क्यानडा ।  क्यानडामा एउटा अस्पतालमाथि यस्तो मुद्दा लागेको छ जुन सुन्दा पनि हाँसो उठ्छ ।

क्यानडाको मोन्ट्रियलमा रहेको एक अस्पताल विरुद्ध त्यहाँ उपचार गराउन गएका एक पुरुषले आफ्नो लिंग छोटो बनाइदिएको आरोपमा मुद्दा हालेका छन् ।

अस्पतालले सर्जरीका क्रममा लापरवाही गर्दा आफ्नो लिंग १ इन्च छोटो भएको र लिंग छोटो भएका कारण आफ्नो वैवाहिक जिवन नै भताभुंग भएको भन्दै उनले अस्पताल विरुद्ध मुद्दा हाल्दै १ लाख ५५ हजार डलर क्षतिपूर्ति समेत माग गरेका छन् ।

नाम तथा अन्य परिचय गोप्य राखिएका ती पुरुषले आफ्नो लिंगको उपचारका क्रममा डाक्टरहरुले लापरवाही गरेको दाबी गरेका छन् ।

सन् २०११ मा आफ्नै श्रीमतीसँग सम्भोगका क्रममा लिंगमा चोट लागेपछि उनी उपचारका लागि उक्त ली गार्डर अस्पतालमा पुगेका थिए ।

अस्पतालमा पूराइएपछि उनलाई एकजना नर्सले सामान्य चेकजाच गरिन्, उनको लिंग नछोइकन हेरेर मात्र त्यसमा सानो चोट लागेको निष्कर्ष निकालिन् । त्यसपछि उनलाई कुनै उपचार नगरी केही औषधि दिएर घर पठाइयो ।

घर फर्किएपछि औषधि खाँदा केही दिनमा लिंग निको हुने आशामा रहेका ती पुरुषको लिंग झनै दुख्न थाल्यो, उनले सम्भोग गर्न सकेनन् ।

त्यसपछि अस्पताल गएर राम्रोसँग जाँच गराउँदा पो पत्तो लाग्यो उनको लिंगमा गहिरै चोट लागेको रहेछ र फ्याक्चर भएको रहेछ । त्यसपछि उनको लिंगको शल्यक्रिया गनुपर्यो र त्यसो गर्दा उनको लिंग एक इन्च छोँटो भयो ।

अस्पतालको लापरवाहीका कारण आफुले २ वर्षसम्म सेक्स गर्न नपाएको र सोही कारण श्रीमतीले पनि छाडेर हिँडेको उनको दुखेसो छ ।

एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *