Sajhamanch Archive

स्थानीय तहमा १४३४ स्वास्थ्यको दरबन्दी थप्ने तयारी

Published: in मिडियाबाट साभार by .

काठमाडौं । स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको  छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी थप्ने तयारी गरेको हो  । स्वास्थ्य क्षेत्रका कर्मचारी नहुँदा औषधिको खरिददेखि खोप सञ्चालन कार्यक्रम तर्जुमामा समेत समस्या देखिएको थियो  ।

मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदका अनुसार १४ सय ३४ कर्मचारीको दरबन्दी थप्ने फाइल मन्त्रिपरिषद्मा पुगेको छ ।

मन्त्रालयले जनसंख्याका आधारमा कर्मचारीको दरबन्दी मिलाएको छ । कम्तीमा २५ हजारभन्दा कम जनसंख्या भएको स्थानीय तहमा एकजना स्वास्थ्यकर्मीको प्रस्ताव गरिएको छ । २५ हजारभन्दा बढी जनसंख्या भएकामा दुईजना, ५० हजारदेखि एक लाखसम्म जनसंख्या भएको तहमा तीनजना र सोभन्दा बढी जनसंख्या भएका तहमा चारजना स्वास्थ्यकर्मी राख्ने तयारी छ  ।

नयाँ पत्रिकाबाट ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *