Sajhamanch Archive

रहेनन् भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी

Published: (Updated: ) in राष्ट्रिय समाचार, by .

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएर दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स)मा उनको उपचारका क्रममा बिहीबार बेलुका मृत्यु भएको भारतीय सञ्‍चार माध्यमहरूले जनाएका छन्।

उनको ९३ वर्षको उमेरमा निधन भएको हो। वाजपेयी एम्समा नौ हप्तादेखि उपचाररत थिए। एम्सले जारी गरेको प्रेस रिलिजमा उनको मृत्यु भारतीय समयअनुसार बेलुकी पाँच बजेर पाँच मिनेट जाँदा भएको उल्लेख गरिएको छ। वाजपेयीलाई डिमोन्शिया नामको गम्भीर रोग लागेको थियो र सन् २००९ देखि व्हीलचियरको साहारामा थिए। मधुमेहका पनि बिरामी पनि रहेको उनको उपचार एम्सका निर्देशक डाक्टर रणदीप गुलेरियाले गरिरहेका थिए।

यसअघि पनि मिर्गौलामा संक्रमण देखिनुका साथै अन्य स्वास्थ्य समस्यादेखिएपछि उनलाई एम्समै भर्ना गरिएको थियो। भारतीय जनता पार्टी (भाजपा)का संस्थापक वाजपेयी तीन पटकसम्म प्रधानमन्त्री भएका थिए। उनले लाल कृष्ण अडवाडीसँग मिलेर भाजपाको गठन गरी सत्ताको शिखरमा पुगे। उनी देशको सर्वोच्च नागरिको सम्मान भारत रत्नले पनि सम्मानित भएका छन्। वाजपेयी दश पटकसम्म लोकसभामा चुनिएका व्यक्ति हुन्।

उनी दोस्रो लोकसभादेखि १४औँ लोकसभासम्म सांसद भए। तर बीचका केही लोकसभामा उनको अनुपस्थिति रह्यो। खास गरी सन् १९८४ मा ग्वालियरमा कांग्रेसका माधवराव सिंधियाबाट पराजित भए। उनी सन् १९६२देखि १९६७ सम्म र १९८७ मा राज्यसभाका सदस्य पनि रहे। १६ मे १९६९ मा उनी पहिलोपटक प्रधानमन्त्री बने। तर लोकसभामा बहुमत सावित गर्न नसकेर ३१ मे १९९६ मा उनले राजीनामा दिनु पर्‍यो। त्यसपछि १९९८ सम्म लोकसभामा उनी विपक्षी नेता भएर बसे।

सन् १९९८ को आम चुनावमा सहयोगी पार्टीहरूसँग मिलेर बहुमत जुटाउँदै फेरि एकपटक प्रधानमन्त्री बने। तर एआइएडिएमकेले गठबन्धबाट समर्थन फिर्ता लिएपछि उनको सरकार गिर्‍यो र पुनः आम निर्वाचन गराउनुपर्‍यो। सन् १९९९ मा भएको निर्वाचनमा राष्ट्रिय जनतान्त्रिक गठबन्धसँगको साझा घोषणापत्र लिएर वाजपेयी पुनः चुनाव लडे। यस निर्वाचनको प्रमुख मुद्दा वाजपेयीलाई प्रमुख बनाउने थियो। यसपटक गठबन्धनले बहुमत हाँसिल गर्‍यो र पुनः उनी तेस्रोपटक प्रधानमन्त्री बन्न सफल भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *