Sajhamanch Archive

एक वर्षमा अठार अर्बको बिजुली भारतबाट आयात !

Published: in मिडियाबाट साभार by .

काठमाडौं  । आन्तरिक खपतका लागि नेपाल विद्युत प्रधिकरणले गत वर्ष भारतबाट १८ अर्ब भन्दा बढीको विजुली आयात गरेको छ।

नेपाल विद्युत प्राधिरणका अनुसार लोडसेडिङको समस्या समाधन गर्न भारतबाट यति ठूलो मात्रामा विजुली आयात गर्नु परेको हो। प्रधिकरणले बिहार, उत्तरप्रदेश र थोरै मात्रामा उत्तराखण्डबाट बिजुली आयात गरेको छ।

भारतबाट द्विदशीय सम्झौतबाट पनि नेपालले निःशुल्क बिजुली पाउने गरेको छ। प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीका अनुसार गत असार मसान्तसम्ममा भारतबाट १८ अर्ब ३७ करोड रुपैयाको बिजुली आयत गरेको छ। अघिल्ला वर्ष भन्दा यो परिणाम १७ दशमलव ७ प्रतिशतले बढी हो।

गोरखा पत्रबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *