Sajhamanch Archive

भारतको केरलामा भीषण बाढी, १०० जनाको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भारतको केरला राज्यमा बाढी र पहिरोका कारण १०० भन्दा बढीको मृत्यु भएको छ।

बाढी पहिरोमा परी एक लाख ५० हजार घरविहीन भएका छन्। अझै पनि केही स्थानमा पहिरोको खतरा रहेको स्थानीय अधिकारीहरूले बताएका छन्।

केरलाको मुख्य विमानस्थल एक साताका लागि बन्द गरिएको छ। हेलिकप्टर तथा डु‌ंगाको सहायतामा उद्धार जारी छ। सरकारले सूचना जारी गर्दै सुरक्षित स्थानमा जान सर्वसाधारणलाई अपिल समेत गरेको छ। सूचनाका बाबजुद घर छाड्न नमानेका कारण पनि कैयौँको मृत्यु भएको छ।

छिमेकी तमिलनाडु सरकारले बाँध समयमा नखोलेका कारण पनि केरला बाढीको चपेटामा परेको हो। बाढीका कारण मृत्यु भएकाप्रति दुःख व्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केरलाका मुख्यमन्त्री पिनाराइ विजयेननलाई टेलिफोन गरी ततकल उद्धारका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *