Sajhamanch Archive

नेपालमै नौलो प्रयोग, बोतलबाट घर निर्माण

Published: (Updated: ) in मुख्य समाचार, समाज, by .

दूधे । झापाको दमक २, खरखरेमा नेपाल मै नौलो किसिमको घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । बोतल हाउसको नाम दिई बोतलबाट बनाइएको घरको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । घर हेर्न दिनहुँ मानिसहरुको भिड लाग्ने गरेको छ ।

घरको वाल तथा पिल्लरहरुमा वाइन, वियर, स्प्राइट लगायतको बोतल प्रयोग गरेर आर्कषक डिजाइनमा घर निर्माण भइरहेको छ ।

बैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा बोतलबाट बनाएको मन्दिर देखिपछि घर बनाउने प्रेरणा मिलेको धर धनी तिगेनहाङ लिम्बु बताउँछन् ।

युवाहरुले विदेशमा आफूले देखेका र सिकेका सीपलाई प्रयोग गर्ने हो भने नेपालमा अन्य नयाँ सम्भावनाका ढोका खोल्न सकिने उनको विश्वास छ।

आठ इन्च वाल भएको घरमा बोत्तलको पिँधको भाग दुवैतिर चार–चार इन्च प्रयोग गरिएको छ। दुबै काटिएका बोत्तललाई सफा गरी डगटेपले टाँसेर बनाइएको घरधनी लिम्बुले बताए। बोत्तलको पिँधको भाग अत्यन्तै बलियो हुनाले भित्तामा प्रयोग गरिएको र टाँसिएको बतोल भित्र हावा हुने भएकाले घर बलियो हुने लिम्बूको भनाई छ।

घर बनाउनु अघि बोतलबाट बाथरुम बनाई प्रयोग गरि सकिएकाले यसबाट पनि घर निर्माण गर्न सकिने देखिपछि निर्माण गर्न थालिएको पृथ्वीकुमार लिम्बुले जानकारी दिए । छोराले बोतलबाट घर बनाउने कुरा गरेपछि हामीले एक वर्ष अघि नै बाथरुम बनाएर प्रयोग गरिसकेका थियौ उनले भने ।

बोत्तल हाउसमा कवाडिबाट वाईनको बोत्तललाई ५ रुपैयाँ तथा अन्य बोत्तललाई ३ देखि २ रुपैँया र ५० पैसामा खरिद गरिएको तिगेनहाङले जानकारी दिए। घरको वाल लगाई सकिएकाले ३० देखि ३५ हजार बोतलको प्रयोग भएको उनको भनाई छ ।

इँट्टाको तुलनामा बोत्तल सस्तो भए पनि बोत्तलको लेभल र डिजाइन मिलाउन समय लाग्ने भएकाले अन्य घरको तुलनामा ज्यादा मेहनत गर्नुपर्ने केही महगो पर्न गएको पृथ्वीकुमार लिम्बुले बताए। उनले हामी आफैले पनि मिस्त्रीको काम गरेकाले यो सम्भव भएको हो नत्र निर्माण कार्य पुरा गर्न गाह्रो पर्ने बताए । घर निर्माण कार्य पुरा हुँद १ करोड खर्च हुने उनको भनाई छ ।

नगरपालिकाबाट यस किसिमको घरलाई  घर नक्सा पास गर्न कुुनै प्रावधान नभएकाले केही अप्ठ्यारो भएको तिगेनहाङ लिम्बुले जानकारी दिए छ । तर नगर प्रमुख र उपप्रमुखले घरको निरिक्षण गरेसकेपछि नक्सा पास हुनेमा आशावादी रहेको उनको भनाई छ ।

घरमा पाँचओटा धुरी भएको छाना निर्माण गरिने बताइएको छ । केही समय पछि बोतल हाउस रेष्टुरेन्ट खोलिने लिम्बु बताउँछन् । आम दमक बासीलाई आउँदो दशैंसम्ममा फेमेल्ली वातारणमा हाइजेनिक अग्र्यानिक खानाको साथमा सेवा दिइने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *