Sajhamanch Archive

मेचीनगरमा कराँते जुनियर ग्रेडिङ

Published: (Updated: ) in खेलकुद by .

काँकरभिट्टा । करातेको मेचीनगर स्तरीय जुनियर ग्रेडिङ शनिबार काँकरभिट्टामा सम्पन्न भएको छ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा आयोजित ग्रेडिङमा नगरका ७ वटा डोजोका १ सय ५ जना खेलाडीले भाग लिएका थिए ।

मेची सामुदायिक भवनमा सम्पन्न ग्रेडिङमा बडाखाल, बर्मेली, ग्रिन भिलेज, टाउन हल, लोफोफोरस, अरुणोदय र इटाभट्टा डोजोका खेलाडीले प्रतिष्पर्धा गरेका हुन् ।

ग्रेडिङमा टाउन हलका विवेक चापागाईं, बडाखालका मौसम राई, इटाभट्टाका रोचक लिम्बू, बर्मेलीका पूर्णिमा पाठक, लोफोफोरसका रिञ्जु थापा र ग्रिन भिलेजका अभिषेक थापा उत्कृष्ट बनेका छन् ।

ग्रेडिङमा सहभागी भएका खेलाडीहरुलाई प्रमुख अतिथि थापा, करातेका राष्ट्रिय रेफ्री तिलक तामाङलगायतले शुभकामना दिएका थिए ।

सो अवसरमा ग्रेडिङका प्रशिक्षक एवँ करातेका एशियन रेफ्रि बद्री विष्ट, डोजो प्रशिक्षकहरु क्रमशः आदर्शका मुक्ति काफ्ले, बडाखालका विशाल पौडेल, बर्मेलीका अभिषेक दवाडी, इटाभट्टाका लक्ष्मी भण्डारी, अरुणोदयका याकुव राईलगायतको आतिथ्यता थियो ।

राष्ट्रिय खेलकुद परिषद्का कराँते सहायक प्रशिक्षक कृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन इटाभट्टा डोजोका प्रशिक्षक मदनकुमार भण्डारीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *