Sajhamanch Archive

किराँत याक्थुङ चुम्लुङको वडा समिति सर्वसम्मत चयन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

चारआली । किराँत याक्थुङ चुम्लुङ मेचीनगर १३ नम्बर वडा समितिको अध्यक्षमा खविनबहादुुर थेवे सर्वसम्मत चयन भएका छन् ।

छैटौं अधिवेशनको शनिबार सम्पन्न बन्द सत्रले आगामी ३ वर्षे कार्यकालका लागि थेवेको नेतृत्वमा चुम्लुङ वडा कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

निर्विरोध निर्वाचित वडा कार्यसमितिको उपाध्यक्षमा चम्पादेवी लवा, सचिवमा मिलन मेन्याङ्बो, सहसचिवमा शरण योङहाङ र कोषाध्यक्षमा श्रीप्रसाद मेन्याङ्बो छन् ।

त्यस्तै सदस्यहरुमा राजु बोखिम, बमबहादुर योङया, जीतबहादुर सौदेन, केशमाया फावेन, धर्मलाल बोखिम, सन्तोष योङया र सन्तोष सावा रहेका निर्वाचन समितिका सदस्य कालीबहादुर खेवाङले जानकारी दिए ।

समितिको नयाँ नेतृत्वलाई वडा समितिका पूर्व अध्यक्ष पुष्पा बोखिम, नगर सचिव वीरबहादुर बेघा, नगर समितिका सल्लाहकार रणबहादुर पालुङ्वालगायतले शुभकामना दिएका थिए ।

निर्वाचन समितिका संयोजक रणबहादुुर पालुङ्वाको अध्यक्षतामा सम्पन्न बन्द सत्रको सञ्चालन समितिका सदस्य सचिव वीरबहादुर बेघा (वीरु) ले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *