Sajhamanch Archive

सरकारविरुद्ध कोही पेटीकोट, आन्दोलनमा कोही निर्वस्त्र सडकमा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । भदौ १ देखि नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारलाई आन्दोलनका विभिन्न प्रकृतिका चुनौति थपिएका छन्।

बलात्कारीलाई कारबाहीको माग गर्दै कोही पेटीकोट आन्दोलनमा उत्रिएका छन् भने कोही निर्वस्त्र मुलुकी ऐनको असमान र जनमारा धारा उपधारा हटाउन माग गर्दै सडकमा प्रदर्शन गर्छन् ।

शनिबार बलात्कारीलाई कारबाही माग गर्दैे माइतीघरमा युवतीहरू पेटीकोट आन्दोलनमा उत्रिए । प्रहरीले हस्तक्षेप गरी केहीलाई पक्राउ गरेको छ । युवतीमात्र नभएर पुरुष र तेस्रो लिंगी पनि बलात्कारीलाई कारबाहीको माग गर्दै पेटीकोट आन्दोलनमा उत्रिएका थिए ।

अर्धनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटीकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । माइतिघर सरकारको निषेधित क्षेत्रमा पर्छ ।

प्रदर्शनस्थलबाट प्रहरीले अनामनगर शावित्री सुवेदी जयनारी अभियानकी शावित्री सुवेदी, रिया भण्डारी लगायतलाई पक्राउ गरेको छ । साथै तेस्रो लिंगी सन्ध्या लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उता, शुक्रबार दिउँसो नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडी सरकारलाई चुनौति दिँदै जितिन लिम्बु नाङ्गै हिँडेका थिए । मुलुकी ऐनको विरोधमा गाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका थिए ।

भित्री बस्त्रसमेत नलगाएका उनले नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले यौनाङ्ग छोपेका थिए ।

उनलाई पनि प्रहरीले पक्राउ गरेको छ । सार्वजनिक स्थानमा अश्लीलता प्रदर्शन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्तले जनाएको छ ।

करका विषयमा आलोचना खेप्न थालेको ओली सरकारलाई १ भदौबाट लागु भएको मुलुकी ऐनका व्यवस्था र देशमा बढीरहेको बलात्कारको ग्राफका कारण यस्ता आन्दोलनको सामना गर्न परिरहेको छ ।

कानुनलाई बलियोसँग कार्यान्वयन गर्नुको साटो दलगत र अव्यवाहारिक काममा सरकार अघि बढेका कारण विभिन्न प्रकृतिका आन्दोलनका चुनौति सरकारले खेप्न सुरु गरेको हो ।

दैनिक नेपालबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *