Sajhamanch Archive

मेसी चम्किएपछि बार्सिलोनाकाे सुखद सुरुवात

Published: (Updated: ) in खेलकुद, by .

स्पेनिस ला लिगा फुटबलमा साबिकको बिजेता बार्सिलोनाले विजयी सुरुवात गरेको छ।

शनिबार राति भएको नयाँ सिजनको पहिलो खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ३–० ले पराजित गर्दे सिजनको शुखद सुरुवात गरेको हो। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेसीले दुई गोल गरे। थप एक गोल फिलिप काउटीन्होको नाममा रह्यो। क्याम्प नाउमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा तीन गोल गर्दै बार्सिलोनालेसहज जित निकालेको थियो।

खेलको ६४ औं मिनेटमा फ्रिकिकबाट सुन्दर गोल गर्दै कप्तान मेसीले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। खेलको ८३ औं मिनेटमा कोउटीन्होले बार्सिलोनाको अग्रता दोब्बर बनाए। त्यसपछि खेलको इन्जुरी समयमा कप्तान मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए।

अलाभेसविरुद्धको ३–० को जितसंगै बार्सिलोनाले क्लब इतिहासमा ६ हजार गोलको कोशेढुंगा पार गरेको छ। बार्सिलोनालई जित दिलाउने क्रममा मेसीले आकर्षक फ्रिकीकमार्फत पहिलो गोल गरे। यो जितसँगै बार्सिलोनाले सिजनको पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ। स्पेनिस ला लिगा अन्तर्गत नै शनिबार राति भएको अर्को खेलमा रियल सोसिडाडले भिल्ला रियललाई २–१ गोल अन्तरले हरायो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *