Sajhamanch Archive

संविधान विरुद्ध कुरा नगर्न प्रधानमन्त्रीको अनुरोध

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा
प्रतिवद्धता जनाएकाले संविधान विरुद्ध मौसमी कुरा नगर्न प्रतिपक्षी दललाई सचेत गराएका छन्।

सबै मिलेर संविधान ल्याएको भन्दै उनले संविधान जारी गर्ने बेलामा हस्ताक्षर गरेको जिम्मेबार राजनीतिक दलले संविधान विरोधी भाषा बोल्न नैतिकताले नदिने बताए।

उनले संविधान प्रतिको इमान्दारिता देखाउन पनि आग्रह गरे। राष्ट्रिय सुचना आयोगले राष्ट्रिय सुचना दिवसको अवसरमा आईतबार राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शक्तिको उन्माद र स्वार्थको घेरा भित्र रहेको संविधानको बर्खिलाप हुने गरि मौसमी कुरा नगर्ने प्रतिपक्षी दल नेपाली काँग्रेसलाई आग्रह गरे।

उनले भने “कहिले एउटा न्यायाधीश माथि झोक चल्यो भने र्दुबासा ऋषि रिसाएजस्तो गरेर उर्फिएर महाअभियोगको प्रस्ताव राख्दिन्छौ्र, कहिले सुनुवाई समितिको प्रक्रियामा उत्पात सुरु हुन्छ ।

यो उत्पात समितिको फैसला आएपछि होइन त्यो भन्दा अगाडि देखि नै सुरु हुन्छ । के भएको रु अचम्म लाग्छ । त्यस हुनाले मौसमी कुरा गर्नु हुदैन हामीले ।

” प्रधानमन्त्री ओलीले संविधानमा सहमति जनाईसकेपछि अधिकार छ भन्दैमा, संख्या पुग्छ भन्दैमा सरकारले शक्तिको दुरुपयोग नगर्ने स्पष्ट पारे।

अहिलेको सरकारले आवेग, उत्तेजना, आग्रह वा शक्तिको दुरुपयोग हुने दृष्टिले काम नगर्ने पनि उनले स्पष्ट पारे। उनले प्रतिपक्षी दलले सरकारका हरेक निर्णयलाई जबरजस्ती राजनीतिकरण गर्ने गरेको आरोप लगाए।

उनले राज्यका निकायहरुमा राजनीतिक विचारका आधारमा नभई विषय विज्ञताका आधारमा नियुक्ति हुने दाबी गरे। उनले संविधानमा नै सूचनाको हक सरकारमा भए दिने र नभए लिने भनेर लेखेको र त्यसमा हस्ताक्षर गरेकाले सुचनाको हक कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको बताए।

संविधानको पालना सबैले गर्नुपर्ने तर्फ पनि उनले सचेत गराए। उनले राष्ट्रिय आवश्यकता बोधबाट मात्रै संविधान संसोधन हुने स्पष्ट पारे।

साना तिना विषयलाई सम्बोधन गर्ने नाममा संविधान जस्तो विषयलाई हेलच्याई गर्न नहुनेमा उनले जोड दिए। एक बर्ष अगाडि बनेको कानुन कार्यान्वयनको समयमा चौतर्फी प्रहार गर्ने काम भएको भन्दै उनले दुख व्यक्त गरे।
थाहाखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *