Sajhamanch Archive

बालुबारीमा आँखा शिविर, ३ सय ८४ जनाको आँखा जाँच

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बालुबारी । काँकडभिट्टा आइकेयरको आयोजना तथा आफ्ना पति लालबहादुर कार्कीको स्मृति पत्नी मायादेवी कार्कीले प्रायोजन गरेको एकदिने निशुल्क आखाँ शिविरमा ३ सय ८४ जना आँखा जाँच गराएका छन् ।

झापाको दुर्गम गाउँ बालुवाडी स्थित अरुनी इङलिस स्कुलमा आयोजित सो शिविरमा १७९ जना पुरुष र २०५ जना महिलाको आखा जाँच गरिएको स्थानीय समाजसेवी तथा कार्यक्रममा संचालक समेत रहनुभएका भक्त शंकरले जानकारी दिए ।

शिविरमा डाक्टरहरु विष्णुकुमार चौधरी, ज्योती शर्मा, सविता राजवंशी, राजिव खतिवडा, विशाल राजवंशी, एलिसा भट्टराई, लोकनाथ गौतम र रितबहादुर तामाङले सहजीकरण गरेका थिए ।

शिविरमा सहभागी मध्ये ११ जनामा मोतीया बिन्दुको समस्या देखिएकाले थप उपचारका लागि अन्यत्र लगिएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *