Sajhamanch Archive

शिवसताक्षीमा गत आर्थिक वर्षमा ४ सय ९५ योजनाहरु सम्पन्न

Published: (Updated: ) in स्थानीय तह by .

दूधे । झापाको शिवसताक्षी नगरपालिकाले आ.व. २०७४। ०७५ मा साना ठूला गरी ४ सय ९५ ओटा योजना सम्पन्न गरेको जनाएको छ ।

नगरपालिकाद्धारा संचालित योजनाहरुमा रु १७ करोड ६४ लाख ५९ हजार ५ सय २९ बराबरको खर्च भएको नगरको तथ्याङ्कमा उल्लेख छ ।

संम्पन्न भएका योजनावाट विषयगत आधारमा भौतिक पूर्वाधारतर्फ २ सय ७६ वटा योजनाहरु सम्पन्न भएका छन् । त्यस्तै, सामाजिक विकासतर्फ ४३, नगर स्तरीय योजनातर्फ १ सय २१, वाताबरण तथा विपद व्यवस्थापनतर्फ २६, आर्थिक विकासतर्फ ९, प्रदेश स्तरीय योजनातर्फ १७ र सडक वोर्डतर्फ ३ वटा छन् ।

भौतिक पूर्वाधारतर्फ ५ करोड ३९ लाख ६५ हजार ७ सय ६६ रुपैया, सामाजिक विकासतर्फ ४५ लाख ७२ हजार १ सय २४ रुपैया, नगर स्तरीय योजनातर्फ १० करोड, ५३ लाख ४ सय ९२ रुपैया, वाताबरण तथा विपद व्यवस्थापनतर्फ ४६ लाख ९८ हजार ८ सय ९० रुपैया, आर्थिक विकासतर्फ ९ लाख १७ हजार १ सय २५ रुपैया, प्रदेश स्तरीय योजनातर्फ ८२ लाख र सडक वोर्डमा ३५ लाख ७१ हजार ५ सय ३२ रुपैया खर्च भएको छ ।

कुल ११ वडाहरु रहेको नगर क्षेत्रमा २ सय ८६ वटा सडकहरुमा ग्राभेल भएको छ । सो मध्ये ८३ दशमलव ४७६ किलोमिटर सडकमा ग्राभेल भएको छ । त्यस्तै, २ सय ७० मिटर कालोपत्रे भएको छ ।

भवन तथा घेरावेरा ५९ वटा संम्पन्न भएका छन् । पुल, कल्भर्ट र कज्वे ४५, नदी नियन्त्रण ७३, योजना बजार, ढल व्यवस्थापन र सिमसारमा ९ वटा छ । त्यस्तैं, ३ वटा योजनाहरु संम्पन्न हुन बाँकी अवस्थामा रहेको नगरपालिका जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *