Sajhamanch Archive

युवा संघले गृह मन्त्रीलाई बुझायो ज्ञापन पत्र

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । युवा संघ नेपाल महिला विभागले पछिल्लो समय बलात्कारको बढदो घटनालाई कडाइका साथ कारवाही गर्न जिल्ला प्रशासन कार्यालय झापा मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई युवा संघ झापा महिला विभाग प्रमुख निर्मला आचार्य खतिवडाको नेतृत्वमा गएको टोलीले ज्ञापन पत्र बुझाएको हो ।

झापामा पछिल्लो समय बलात्कारको घटनामा ह्वात्तै वढेसगै युवा संघ महिला विभागले झापाका १५ वटै नगर तथा गाँउपालिकाका प्रमुखलाई ध्यानाकर्षण पत्र बु्झाउदै कडा कार्वाहीको माग गरेको महिला विभाग सचिव रोजिना पाण्डेले जानकारी दिइन् ।

गत साउन २७ गते अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर एक हप्ते अभियान सन्चालन गरिएको अनेरास्ववियुकी केन्द्रिय सदस्य तथा अभियानकी निता घतानीले बताइन् ।

अभियान आइतबार जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएर समापन गरिएको छ । यो वर्ष मात्रै झापामा ९९ वटा जवरजस्ती करणीको मुद्दा .दर्ता गरिएको र हाल सम्म ९१ वटा मुद्दा किनारा लगाई अभियुक्तलाइ कार्वाही गरिएको झापाको प्रहरी प्रमुख प्रहरी उपरिक्षक भिम प्रसाद ढकालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *