Sajhamanch Archive

गौरिका अब ‘कान्छी’ रहिनन्

Published: in मिडियाबाट साभार by .

काठमाडौं । नेपाली खेलाडी गौरिका सिंह १५ वर्षकी भइन्। दुई वर्षअघि ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिकमा सहभागी हुँदा उनी १३ वर्षकी थिइन्।

त्यतिबेला उनी रियो ओलम्पीकमा सहभागी हुने कान्छी खेलाडी थिइन्। जसका कारण उनी विश्वभर मिडियामा छाएकी थिइन्। तर जाकार्तामा जारी १८ औं एसियाडमा भने उनी कान्छी खेलाडी भइनन्। एसियाडमा उनीभन्दा कम उमेरका खेलाडी पनि सहभागी छन्।

आफ्नै देशबाट उनको कान्छी खेलाडीको पदावधि त टिसा शाक्यले नै खोसिएिकी थिइन् तर उनी भन्दा पनि कान्छा खेलाडी सहभागी थिइन् । इन्डोनेसियाकी स्केटबोडर खेलाडी एलिका नोभेरी नौ वर्षकी मात्र छिन्।

आफूभन्दा कम उमेरका धेरै खेलाडी एसियाडमा सहभागी भएकाले आफू उत्सुक भएको उनी बताउँछिन्। उनले पहिलो पटक एसियाडमा सहगागिता जनाएकी छिन्।

राजधानी दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *