Sajhamanch Archive

निजामती कर्मचारीको उमेरहद ६० वर्ष पुर्‍याउने तयारी

Published: in मिडियाबाट साभार by .

काठमाडौं । निजामती कर्मचारी उमेरहद ६० वर्षको हुने भएको छ। सरकारले निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पुर्‍याउने अन्तिम तयारी गरेको छ।

राजनीतिक पहुँच भएको थुप्रै सचिव एवं सहसचिवहरुले ५८ वर्षे उमेरहदका कारण छोटो समयमै अवकाश पाउन लागेपछि सरकारले फास्ट ट्रयाकबाट निजामती कर्मचारी आवकाशको उमेर ६० वर्ष पुर्‍याउन लागेको हो।

विभिन्न मन्त्रालयका सचिवहरु पाँचवर्षे कार्यकाल पूरा नहुँदै उमेरहदका कारण अवकाश पाउने क्रममा रहेका कारण सरकारले उमेरहद बढाएर ६० पुर्‍याउन ऐन संशोधनको प्रस्ताव अघि बढाएको  छ।

हाल कानुन मन्त्रालयमा रहेका संघीय निजामती सेवा ऐनको मस्यौदा छलफल टुंगिएर मन्त्रिपरिषदबाट स्वीकृत भएर संसदमा पेस हुन समय लाग्ने र बृहत् छलफल आवश्यक भएपछि सरकारले केही नेपाल ऐन संशोधनमार्फत कर्मचारीको उमेर हद बढाउने प्रक्रिया अघि बढाएको हो।

नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *