Sajhamanch Archive

इन्डोनेसियाः ४० मिनेटमा भूकम्पका तीन ठूला झड्का

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इन्डोनेसियाको लामबोक द्वीपमा आइतबार भूकम्पका झट्काहरु महसुस गरिएपछि मानिसहरु त्रसित बनेका छन् । यहाँ ४० मिनेटमा तीन ठूला झड्का महसुस भएको हो ।

केही दिन अघि मात्र आएको भूकम्पमा परी सयौं मानिसले ज्यान गुमाएका थिए । आइतबारको भूकम्पका कारण एक व्यक्तिको मृत्यु भएको बताइएको छ भने केही स्थानमा आगलागीको खबर छ ।

पहिलो भूकम्प ६.३ म्याग्निच्यूडको थियो जसका कारण बेलांटिंग इलाकामा थुप्रै घर धरासाई भएको छ ।

पहिरोका कारण द्वीपको पूर्वी भूभागमा भूकम्प गएको बताइएको छ । भूकम्पका कारण डराएका मानिसहरु घर र अफिस बाहिर निस्किए ।

त्यसपछि यसै इलाकामा ७.० तीब्रताको अर्को एउटा भूकम्प आयो । उक्त भूकम्पको क्षतीको विवरण अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

यसअघि यहाँ अगस्ट ५ तारिखमा ६.९ तीब्रताको भूकम्प आएको थियो जसका कारण  चार सय ६० को मृत्यु भएको थियो ।

साथै, जुलाई २९ तारिखमा पनि ६.४ म्याग्नेच्युडको भूकम्प आएका थियो जसपश्चात् पहिरो जाँदा कम्तीमा १६ जनाको मृत्यु भएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *