Sajhamanch Archive

फेवा तालको अस्तित्व संकटमा

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । पोखराको फेवाताल संरक्षण गर्न दर्जनौं संघसंस्था लागे पनि तालको अवस्था भने संकटमा पर्दै गएको छ ।

मानवीय अतिक्रमण र जलकुम्भी झारका कारण फेवातालको अवस्था संकटमा परेको हो ।

जलकुम्भी झारले ढाकेपछि फेवाताल कुरुप बन्दै गएको छ । तालको कतिपय स्थानमा पानीसमेत देख्न छाडिएको छ ।

फेवाताल संरक्षणका लागि सरकार र विभिन्न गैरसरकारी संघसंस्थाले वार्षिक लाखौं रुपैयाँ खर्च गर्दै आएका छन् ।

तर, गैरसरकारी संघसंस्थाले ताललाई मागेर खाने भाँडो बनाएकाले अतिक्रमणको चपेटा नहटेको सरोकारवालाहरु बताउँछन् ।

फेवाको जलकुम्भी झार हटाउन अघिल्लो वर्ष पोखरा महानगरपालिका र पर्यटनमन्त्री रविन्द्र अधिकारीको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट खरिद गरिएको मेसिन पनि प्रभावकारी देखिएको छैन ।

फेवाताल हेर्ने पोखरा महानगरका ईञ्जिनियर महेन्द्रबहादुर गोदारले चाहिं तालबाट निरन्तर रुपमा झार फाल्ने काम भइरहेको बताए । तर तत्कालै झार फैलने गरेका कारण समस्या भइरहेको उनले बताए ।

२०१८ सालमा १० वर्गकिलोमिटरमा पैmलिएको फेवाताल अहिले ४ दशमलव २ किलोमिटरमा खुम्चिएको छ ।

अतिक्रमणका कारण तालको क्षेत्रफल मात्रै नभई गहिराई समेत ३३ मिटरबाट १८ मिटरमा आएको छ ।

तालकोे किनार आसपास साथै पानीमुनिको १६ सय ९२ रोपनी जग्गा पनि व्यक्तिको नाममा दर्ता भएको छ ।

ताल किनारबाट ६५ मिटरभित्र कुनै पनि भौतिक संरचना बनाउन नपाइने मापदण्ड तोकिए पनि संरचना भने धमाधम बनिरहेका छन् ।
इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *