Sajhamanch Archive

एक जनाको ‘बदमासी’ले १ सय ५० परिवार घरबारविहीन

Published: in समाज by .

विराटनगर । अंश मुद्दामा सर्वोच्च अदालतको फैसलाले मोरङको रंगेली नगरपालिका १ का डेढ सय घरपरिवार घरजग्गाविहीन बनेका छन् ।

स्थानीयले किनेर जोतभोग र बसोबास गर्दै आएको १ सय ८२ बिगाह जग्गाको धनीपुर्जा सर्वोच्च अदालतको आदेशले खारेज भएपछि उनीहरु समस्यामा परेका हुन् ।

विराटनगरको धावेडा परिवारको २ सय २८ बिगाह जग्गा लामो समयदेखि विवादमा रहेको थियो ।

दाजुभाई तिलकचन्द्र र रेवतचन्दबीच अंश विवादमा रहेको उक्त जग्गामध्ये १ सय २८ बिघा जग्गा रेवतचन्द्रको परिवारले विक्री ग¥यो ।

सोही जग्गामा अहिले ५० भन्दा बढी घर बनेका छन् भने डेढ सय परिवार बसोवास र खेतिपाती गर्दै आएका छन् ।

तर अदालतको फैसलाअनुसार अब उक्त दर्ता भएको जग्गा खारेज भइसकेको छ ।

धाडेवा परिवारको छलकपटीका कारण आफैले किनेको जग्गा खारेज भएपछि सुकुम्बासी हुनुपरेको स्थानीय चन्द्रकला थारुको गुनासो छ ।

मुद्दा चलिरहेकै बेला रेवतचन्दका छोराबुहारीले स्थानीयलाई भटाभट जग्गा बिक्री गरेका थिए तर, सर्वोच्च अदालतले यो जग्गा तिलकचन्दकी श्रीमती किरणदेवीको नाममा नामसारी गर्न आदेश दिएको थियो ।

विभिन्न समयका फैसलाअनुसार रेवतचन्दका परिवारले बेचेको १४० मध्ये ८४ कित्ता मात्र किरणदेवीको नामसारी गर्न बाँकी छ ।

स्थानीय महेन्द्र कार्कीले १५ बर्ष किनेको जग्गा गुमेपछि ‘धाडेवा परिवारको चलाखीले आफुहरु अन्यायमा परेको बताउँछन् ।

पीडितहरुले रंगली नगरपालिकाको न्यायिक समितिमा उजुरी पनि गरे तर मागको कुनै सुनुवाइ भएको छैन ।

उता रंगेली नगरपालिकाका मेयर दिलिप बगडियाले भने धाडेवा परिवारले षडयन्त्रपूर्वक स्थानीय अन्याय गरेकोले यसरी बिचल्लीमा पार्न नपाइने बताउँछन् ।

एउटा परिवारको बदमासीले १ सय ५० भन्दा बढी परिवार अहिले घरबारविहीन बनेका छन् ।

खाइनखाई जम्मा गरेको पैसाले किनेको जग्गाको क्षतिपूर्तीका लागि स्वयं परिवार नै नैतिक रुपमा जिम्मेवार हुनुपर्छ नत्र भने सरोकारवाला निकायको पहलमा पीडित पक्षलाई न्याय दिलाउनुपर्छ ।

इमेजखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *