Sajhamanch Archive

अाधारभूत स्वास्थ्यसेवा नदिए ५० हजार जरिवाना

Published: in मिडियाबाट साभार by .

काठमाडौं । बिरामीलाई आधारभूत स्वास्थ्यसेवा नदिए सम्बन्धित स्वास्थ्य संस्थाले ५० हजार क्षतिपूर्ति तिनुपर्ने व्यवस्था गर्न लागिएको छ।

सरकारले ऐनमार्फत नागरिकको आधारभूत स्वास्थ्यको अधिकार सुनिश्चित गर्न लागेको हो।  यो व्यवस्थासहितको राष्ट्रिय स्वास्थ्य ऐन, २०७५ को मस्यौदा तयार भएको हो।

समयमा स्वास्थ्य उपचार नपाएको गुनासो बिरामी र बिरामीका आफन्तबाट बारम्बार आएपछि ऐनमार्फत स्वास्थ्य संस्थालाई जिम्मेवार बनाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

‘स्वास्थ्य मन्त्रालयले तयार पारेको विधेयक संसदबाट पारित भए संविधानको धारा ३५ अन्तर्गतको मौलिक हकमा व्यस्था भएको निःशुल्क आधारभूत स्वास्थ्यसेवा कार्यान्वयनमा आउनेछ’, मन्त्रालयका प्रवक्ता मोहम्मद दाउदले भने।

नयाँ पत्रिका दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *