Sajhamanch Archive

जथाभावी कर बढाए स्थानीय तहको अनुदान रोकिने

Published: in मिडियाबाट साभार by .

मकवानपुर । प्रदेश ३ सरकारले जथाभावी कर असुलेको भेटिए अनुदान रकम रोक्ने चेतावनी स्थानीय तहलाई दिएको छ।

कर वृद्धि गरिएका कारण स्थानीय तहमा आलोचना बढेपछि प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अनुचित ढंगले लगाएको कर र शुल्क फिर्ता नलिए प्रदेश सरकारले अनुदान रोक्ने चेतावनी दिएका छ।

सरकारले प्रदेशभित्रका ११९ वटै स्थानीय तहबाट यस आर्थिक वर्षका लागि निर्धारण गरेका करको सबै विवरण पनि झिकाएको छ। संविधानले स्थानीय तहलाई कर लगाउने अधिकार दिएको छ। तर अधिकारका नाममा कतिपय स्थानीय तहले जनतालाई अप्ठ्यारो पर्ने गरी जथाभावी कर निर्धारण गरेर त्यसको दर ह्वात्तै बढाएका छन्।

नागरिक दैनिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *